इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घाँटी रेटेर गम्भीर घाइते अवस्थामा बमबहादुरलाई फेला पारेको थियो । दाहाल नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि पठाइएका उनलाई विराटनगरको नोबेल अस्पताल ल्याइपुर्याउनसाथ बिहान ३ः२० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
प्रहरीले घटनामा प्रयोग भएको दाउ बरामद गरिसकेको छ । हत्या र आत्महत्याकै रूप लिने गरी श्रीमान–श्रीमतीबीच के विषयमा विवाद भएको थियोभन्ने यकिन भइसकेको छैन । डीएसपी दाहालले अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी दिए ।
गीताको शवलाई सुरक्षा दिएर प्रहरीले घटनास्थलमै राखेको छ ।
आफन्त आइपुगेपछि कानुनी प्रक्रिया पूरा गर्दै पोस्टमार्टमाका लागि पठाइने प्रहरीले जनाएको छ । बमबहादुरको शव भने पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा पुर्याइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको खुलेको छ । उनीहरुका ८ वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ । इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया