सप्तकोशी नदीमा डुंगाबाट निकाल्दै गरेको १६४ किलो गाँजा बरामद

बुधबार, ०७ चैत्र २०८०
विराटनगर । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे १ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तोकोसी नदीबाट गाँजा बरामद गरेको हो । डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको प्रहरीले जनाएको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने प्रहरी देखेपछि भागेको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गणले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ किलो गाँजा बरामद गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार