पहिरोले घर पुर्दा ताप्लेजुङमा एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

शुक्रबार, ३२ जेठ २०८१
ताप्लेजुङ :ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिमका एकै परिवारका ४ जनाको पहिरोमा परि निधन भएको छ । खेजेनिमको तिङ्दुमा पहिरोले घर बगाउँदा ७१ वर्षीय रामबहादुर साम्रा, श्रीमती जसमाया लिबाङ (साम्रा), १२ वर्षीय गङ्गा र जमुना साम्राको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त क्षेत्रमा सिवा प्रहरी चौकीबाट प्रहरीको टोली परिचालन भएको र शव उद्धारको कार्य भएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रबी रावलले जानकारी दिए । मृतक ४ जनाकै शव भेटिएको उनले बताए । उक्त क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । मानवीय बाहेक क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार