हाम्रो मुख्य चुनौती नै जनशक्ति अभाव हो। प्रदेशभरि दरबन्दीभन्दा पुगनपुग आधामात्रै कर्मचारी लिएर वन संरक्षणको काम भइरहेको छ। प्रदेशमा वन अधिकृतदेखि वनरक्षकसम्मको अभाव छ। इन्द्रमणि भण्डारी, निमित्त प्रदेश वन निर्देशकव्यवस्थापिका संसद्को प्राकृतिक स्रोत र साधन समितिको वन संरक्षण समस्या अध्ययन प्रतिवेदन– २०६७ मा तत्कालीन महमाई र बाँझो गाविसबीचमा पर्ने तीन दोभानेबाट कुल्लीको सहायतामा झापाको तोपगाछीको बाटो हुँदै काठ तस्करी हुने गरेको छ। चुरेको वनको काठ तस्करी गर्न यात्रुवाहक बस, ट्रक र साइकलसमेत प्रयोग हुने गरेको वन निर्देशक भण्डारीले बताए। यसरी लगिएका काठहरू झापाका फर्निचर उद्योग र बनाउँदै गरेका घरहरूमा बिक्री गरिन्छ। ट्रक वा ट्याक्टरमा निकासी गरिएको काठ भने चिरानी मिलमा पुग्ने बताइन्छ। दानाबारी र महमाईको काठ खुदुनाबारी, शनिश्चरे र बिर्तामोडमा रहेका चिरानी मिलमा बिक्री हुने गरेको एक काठ व्यापारीले बताए। चुलाचुलीबाट निकासी हुने काठ भने दमक र मोरङका चिरानी मिलमा बिक्री हुने गर्दछ। इलामको कुल क्षेत्रफलको करिब २१ प्रतिशत चुरे क्षेत्रले ओगटेको छ। चुरेमा वन सकिए पूर्वी नेपालमा भोकमरी पर्न सक्ने चेतावनी आईयूसीएन नेपालले प्रकाशन गरेको पुस्तकमा उल्लेख छ। डिभिजन वन कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७९–८० मा जिल्ला अदालत इलाममा वन तस्करीको आरोपमा ६ वटा मुद्दा दर्ता भएको थियो भने ११ जना पक्राउ परेका थिए। ती मुद्दाहरू सूर्योदय नगरपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिका क्षेत्रमा बिना इजाजत वन पैदावार ओसारपसार गरेको आरोपमा दायर भएका थिए। डिभिजन वन अधिकृत श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा पनि चुरे क्षेत्रमा पर्ने माङ्सेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका, माई नगरपालिकाबाटै अधिकांश मुद्दा दायर भएका थिए।
चुरे क्षेत्रमा रहेका सयौं नाकाबाट झापा पुग्ने काठ तस्करी रोक्न सहज छैन। हरियो वनको काठ तस्करी गर्न जल तथा स्थलमार्गको प्रयोग हुने गरेको छ। माईखोलाको चेप्टी बगर भएर दशकौंदेखि तस्करी भइरहेको छ। काठ तस्कर पछिल्लो समय चलायमान थालेका छन्। सायद काठको कारोवार वृद्धि भएजस्तो छ। दानबहादुर श्रेष्ठ, डिभिजन वन अधिकृत, डिभिजन वन कार्यालय, इलामवृक्षरोपण, बाढी पहिरो नियन्त्रण, गल्छी कटान रोकथाम, पानीको मुहान संरक्षण, सडक किनारा संरक्षणलगायत विभिन्न क्रियाकलापहरू मातहतका निकायहरूबाट मन्त्रालयले गर्दै आएको छ। यस्तै प्रदेशअन्तर्गतका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण, पुनर्निर्माण र व्यवस्थापनका लागि भौतिक पूर्वाधार निर्माण एवं प्रचारप्रसारका माध्यमबाट पर्यटनको प्रवद्र्धनसमेत गर्दै आएको छ।
प्रतिक्रिया