पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आइतबार, १६ असार २०८१
काठमाडौं । नेपाल आयल निगमले पाँच रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत पेट्रोलमा प्रतिलिटर २ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जानकारी दिएको हो । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् नै छ । नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार