इलाम / एसइइको नतिजा भर्खरै सार्वजनिक भएको छ । नतिजा अनुसार इलामका १५ विद्यालयको नतिजा शून्य रहेको छ ।
सरकारले मोटो रकम शिक्षामा खर्च गरेको छ । तर यहाँका केही विद्यालयले भने एसइई परीक्षामा एक जना पनि विद्यालय उत्तीर्ण गराउन सकेनन् ।
जिल्ला शिक्षा समन्वय इकाई इलामका अनुसार सिंहदेवी मावि फाकफोकथुमको आमचोक, साङरुम्बा मावि इनपा १२, मिक्लाजुङ मावि साकफारा, जनकल्याण मावि एकतप्पा, युवाबर्ष मावि दानाबारी, फलाँटे मावि चमैताले एसइईमा विद्यार्थी उत्तीर्ण गराउन सकेनन् ।
विद्या सिर्जनात्मक मावि बाँझो, कृष्ण मावि लक्ष्मीपुर, गणेश्वरी मावि पञ्चकन्या र शारदा मावि पुवामझुवाले समेत विद्यार्थी पास गराउन सकेनन् ।
त्यस्तै बहुवन मावि इरौँटार, नन्द मावि गोदक, जानकी मावि एकतप्पा, उमा महेश्वरी मावि इरौँटार र दुर्गा मावि बाँझोले एक जना पनि विद्यार्थी पास गराउन सकेनन् ।
प्रतिक्रिया