राजनीतिक स्थायित्वको लागि एमालेसँग सहमति गर्यौं- कांग्रेस

मंगलबार, १८ असार २०८१
काठमाडौँ । नेपाली कांग्रेसले आम जनताको चासोलाई केन्द्रमा राखेर एमालेसँग सहमति भएको बताएका छन् । कांग्रेसको पधाधिकारी बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाश शरण महतले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग  सहमति गरेको बताएका छन् । उनले संबिधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संबिधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउन एमालेसँग सहमति भएको बताए । उनले कांग्रेसले सरकार बनाउने विषयमा मात्र नभएर राजनीतिक स्थायित्वका लागि सहमति गरेको दाबी गरेका छन् । उनले एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताएका छन् । प्रवक्ता महतले गएराती सभापति देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न गएको भन्ने समाचार गलत भएको बताए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार