सम्मान पश्चात कार्यक्रमकी प्रमुख अतिथि चौधरीले विद्यालयको भौतिक संरचना तथा विद्यालय बस र कम्प्युटरको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन ।
कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठले आफुले अध्ययन गरेको विद्यालयमा आएर अतिथी बन्न पाउँदा गौरव लागेको बताइन । सोहि कार्यक्रमको अवसर पारेर प्रमुख अतिथी चौधरीले विद्यालयले नमुना विद्यालय वापत अनुदान पाएर निर्माण गरिएको विद्यालयको १२ कोठे भवनको समेत उद्घाटन गरेकी थिइन ।
कार्यक्रममा महिला भलिवल, बक्तृत्वकला तथा लोक नृत्य प्रतियोगितामा प्रथम द्धितीय तथा तृतीय हुने विद्यालय र विद्यार्थीलाई नगद पुरस्कार मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने तुलसा राईलाई विद्यालय व्यवस्थापन समितिकी सदस्य सरिता कार्की लामाले आफ्नो तर्फबाट दश हजार नगद पुरस्कार प्रदान गरेकी थिइन । अन्य प्रतियोगितामा प्रथम , द्धितीय र तृतिय हुने विद्यार्थीलाई विद्यालय ब्यावस्थापनि समितिका अध्यक्ष काशीनाथ दंगाल, प्रद्यानाध्यापकले पुरस्कार प्रदान गरेका थिए ।
विद्यार्थीलाई पढाई बाहेकका गतिविधिमा संलग्न गराउन र फरक क्षमताको पहिचान गर्न जनता ओलम्पिकको आयोजना गरेको र त्यसमा सहभागि सम्पुर्णमा प्रद्यानाध्यापक पशुपति सिग्देलले धन्यवाद ब्यक्त गरेका थिए ।
प्रतिक्रिया