बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउने अधिकारीहरुलाई सम्मान

शनिबार, १३ फागुन २०७९
इटहरी । काश्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठान बिराटनगर महानगर समितिको बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको इटहरी स्थित तालतलैयामा आयोजित उक्त कार्यक्रममा बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउने दुई दर्जन बढि ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी,उच्च अदालत बिराटगरका मुख्य न्यायधिस कृष्ण कमल अधिकारी,नोबेल अस्पताल बिराटनगरका डा. बिश्वनाथ अधिकारी,एन एम बि बैंक इटहरीका म्यानेजर रमेश अधिकारी,फणिन्द्र अधिकारी,गणेश अधिकारी,माधब अधिकारी,लक्ष्मि अधिकारी,बिनोद अधिकारी,भोजराज अधिकारी  लगायतलाइ सम्मान गरिएको अधिकारी बंश प्रतिष्ठान बिराटनगर महानगर समितिका उपाध्यक्ष माधब अधिकारीले बताए । कार्यक्रममा बंश प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष शान्तिबहादुर अधिकारी,कार्यक्रमका प्रमुख अतिथि माननिय न्यायधिस कृष्णकमल अधिकारी,प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी लगायतले बोलेका थिए । सो क्रममा प्रदेश सदस्य लिलाबल्लभ अधिकारीले सबै अधिकारीहरुलाई एक बनाएर लानुपर्ने कुरामा जोड दिए । कार्यक्रम बंश प्रतिष्ठान बिराटगर महानगर समितिका अध्यक्ष युवराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार