इटहरीमा ट्रक र मोटरसाइकल ठोकीदा उदयपुरका युवकको मृत्यु

बुधबार, १७ फागुन २०७९
इटहरी/इटहरीमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर हुँदा युवकको मृत्यु इटहरी इटहरीमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर हुँदा एक युवकको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मंगलबार राति ९ः५० बजेतिर इटहरी १७ कान्छी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो । पूर्वतर्फ आउँदै गरेको स ५ प ७८८ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४१७१ नम्बरको ट्रक एकापसमा ठक्कर भई दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक उदयपुर बेलका ९ बस्ने ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राति ११ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ट्रक चालक झापाको कन्काई नगरपालिका ४ बस्ने ४७ वर्षीय गणेश बिक र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार