मौसम : आगामी तीन दिनसम्मै यी प्रदेशमा वर्षाको सम्भावना

आइतबार, ११ कार्तिक २०८१
काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले नेपालमा भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेका देशका विभिन्न भू-भागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाले आज दिउँसो कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार