पाकिस्तानमा पछिल्लो साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु

विहीबार, ०६ मंसिर २०८१
पाकिस्तान : पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् । सिया समुदायका दुई अलग-अलग समूहलाई कुर्रम जिल्लामा आतङ्ककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ । “दुवै घटनामा गरी महिला र बालबालिकासहित कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्,” स्थानीय प्रशासनका वरिष्ठ अधिकारी जावेदउल्लाह महसुदले एएफपीसँग बताउनुभयो । पाकिस्तानमा हुने सामुदायिक झडपमा परी बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् ।  रासस/एएफपी

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार