एकैदिन १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति?

आइतबार, ०९ मंसिर २०८१
काठमाडौँ । आइतबार सुनको मूल्य एकैदिन एक हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार  प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन यसदिन एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ । पछिल्लो रेकर्डअनुसार गत कात्तिक १३ गते सुनको मूल्य सर्वाधिक एक लाख ६८ हजार ५०० रुपैयाँ पुगेकोमा पछिल्लो समय उक्त रेकर्ड तोड्नेगरी सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ९६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार