सानिमा बैंकको साधारणसभामा ७.३६ प्रतिशत नगद लाभांश दिने घोषणा

आइतबार, ०२ कार्तिक २०८२

काठमाडौँ : सानिमा बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा कार्तिक २ गते आइतबार सम्पन्न भएको छ ।

बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई पुनःनिर्विरोध सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०८१र८२ मा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सोही अवधिमा बैंकको कुल सम्पत्ति २६३ अर्ब ५५ करोड रुपैयाँ, कुल निक्षेप २२५ अर्ब ४८ करोड रुपैयाँ र खुद कर्जा सापटी १८३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०८०र८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९, ११.२२ र १२.७० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । 

असार मसान्तसम्म बैंकको निष्क्रय कर्जा ३.०१ प्रतिशत, पुँजीकोष १३.०१ प्रतिशत, तरलता ३०.९५ प्रतिशत र कर्जा निक्षेप अनुमान (मासिक औसत) ८१.०३ प्रतिशत रहेको थियो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार