काठमाडौं : स्मार्टफोन ब्राण्ड टेक्नो मोबाइल छिट्टै नयाँ स्वरूपमा आउने भएको छ ।
कम्पनीका अनुसार यसपटक टेक्नो अझै शक्तिशाली, आकर्षक र प्रभावशाली रूपमा प्रस्तुत हुँदैछ ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसले एक समय सबैको मन जितेको थियो, त्यही सुपरस्टार पुनः फर्किंदैछ, अब यो नयाँ रूपमा, ठूलो सपना देख्न चाहनेहरूमाझ टेक्नोले अझ प्रबल उपस्थिति जनाउनेछ ।’
नयाँ उत्पादनबारे यतिखेर धेरै जानकारी सार्वजनिक गरिएको छैन तर कम्पनीले ‘काउन्ट डाउन सुरु भइसकेको’ भन्दै सामाजिक सञ्जाल र प्रचार सामग्रीमार्फत् संकेत गरिसकेको छ ।
कम्पनीका अनुसार नयाँ मोडलमा अत्याधुनिक प्रविधि, सशक्त प्रदर्शन क्षमता र स्टाइलिस डिजाइनको संयोजन हुनेछ ।
प्रतिक्रिया