एनआईसी एसियाका ग्राहकलाई ‘Mercure Hotel’, सुकेधारामा स्पेसल अफर

सोमबार, २७ असोज २०८२

काठमाडौँ : राजधानीका एनआईसी एसिया बैंकका ग्राहकहरूका लागि खुसीको खबर आएको छ।

बैङ्कले आफ्नो सेवाग्राहीहरूका लागि काठमाडौँको सुकेधारामा अवस्थित ‘Mercure Hotel’सँग विशेष सहकार्य सम्झौता गर्दै आकर्षक छुट योजना सार्वजनिक गरेको छ।

सम्झौता अनुसार, अब बैंकका ग्राहकहरूले Mercure Hotel आवास सेवामा १५ प्रतिशतसम्म र खाना तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्।

उक्त सुविधा प्रयोग गर्नका लागि ग्राहकहरूले एनआईसी एसिया बैङ्कको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank Digital App) मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले भने, “होटल ज्योतिषसँगको यो सहकार्यले एनआईसी एसिया बैंकका ग्राहकहरूलाई प्रत्यक्ष लाभ दिलाउनेछ।

साथै, यसले नेपालमा डिजिटल भुक्तानी संस्कृतिको विस्तार र नगदरहित कारोबारलाई प्रोत्साहन गर्नेछ,” खनियाले बताए।

एनआईसी एसिया बैङ्कले पछिल्ला वर्षहरूमा विभिन्न होटल, रेस्टुराँ, मल र स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै ग्राहकहरूका लागि छुट र सुविधायुक्त अफरहरू ल्याउँदै आएको छ।

बैंकका अनुसार, यस्ता साझेदारीले ग्राहक अनुभवलाई सहज, सुरक्षित र आधुनिक डिजिटल प्रणालीसँग जोड्ने रणनीति अनुरूप अगाडि बढाइएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार