इटहरी । धार्मिक तथा ऐतिहासिक महत्त्व वोकेको सुनसरीको रामधुनीसंग विभिन्न रोजक तथा अनुसन्धान मूलक मिथकहरु समेत जोडिएको पाइन्छ ।
त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामचन्द्र वनवासको क्रममा सुनसरीको रामधुनी नगरपालिकामा पर्ने जगंलमा एक रात धुनी बालेर बसेको पौराणिक मान्यता भएको रामधुनी क्षेत्रसँग जोडिएका केही मिथकहरु रोजक र अनुसन्धान मूलक रहेका छन् ।
हिन्दुधर्मालवम्वीहरुले भगवान विष्णुको अवतारको रुपमा मर्यादा पुुरुषोतम श्रीरामचन्द्रलाई पुज्ने गर्दछन् । अयोध्द्धाका राजा दशरथका छोरा मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले वनवासका क्रममा यस ठाउँमा धुनी जगाएर वास बसेको जनविश्वास रहेको छ ।
रामचन्द्रले धुनी जगाएर वास बसेको पावन यस भूमिमा साधक वावा वनखण्डीले तपस्या तथा साधना गरेको ऐतिहासिक मान्यता समेत रहेको छ । साधनका क्रममा वावा वनखण्डीले यस क्षेत्रका वनमा रहेका सालको रुखमा आँप फलाएको मिथक पनि चर्चित रहेको छ । रामधुनी क्षेत्रका वनमा अहिले पनि अग्ला सालका रुख जस्ता रुखहरुमा आँप फलेको देख्न सकिन्छ ।
वनखण्डी वावाले आफना चेलाहरुले आँप खाने इच्छा प्रकट गरेपछि सालको रुखमा चिम्टाले रोपेर आँप फलाएको जनविश्वास रहेको छ । धार्मिक तथा ऐतिहासिक महत्त्व वोकेका सुनसरीका वराहक्षेत्र र रामधुनी क्षेत्रमा सेनवंशी राजाका समयमा आएर वसेका औलिया वावा र वनखण्डी वावाले साधन गरेको पाइन्छ । वराहक्षेत्र नगरपालिकाको चतरामा बस्दै आएका औलिया वावाका शिष्यहरुले आँप खाएको र आफूहरूलाई पनि आँप खान मन लागेको वनखण्डी वावाका शिष्यहरुले मनसाय प्रकट गरेपछि वावाले सालका रुखमा चिम्टाले रोपेर आँप फलाएको किंवदन्ती रहेको छ ।
अन्य रुखहरु भन्दा फरक देखिने यहाँका आँपका रुखहरु तथा रामधुनी वन क्षेत्रको जैविक विशेषताहरुलाई अध्ययन तथा अन्वेषण केन्द्रको रुपमा विकास गर्न सकेको रामधुनी क्षेत्रको संरक्षण र सम्वद्धनमा अझ योगदान पुग्ने देखिन्छ ।
प्रतिक्रिया