विराटनगर : विगत २६ वर्ष देखि प्राकृतिक सौन्दर्यले भरिपुर्ण नेपालको प्रमुख पर्यटकीय सहर पोखराको मुटु लेकसाइडमा विगत २६ वर्षदेखि सञ्चालन हुदै आएको पोखरा सडक महोत्सव यस वर्ष पनि अग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना हुने भएको छ ।
पर्यटकीय सहर पोखराको लेकसाइडमा २० औं संस्करणको पोखरा सडक महोत्सवको रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराले आगामी पौष १३ देखि १७ गतेसम्म आयोजना गर्ने भएको हो । सडकमै खाऔँ , सडकमै नाचाँै, सडकमै रमाऔँ भन्ने मूल नाराका साथ खाना, संस्कृति र संगीतको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिदै आएको पोखरा सडक महोत्सवमा कोशी प्रदेशवासीलाई पत्रकार सम्मेलन गर्दै आमन्त्रण गरियो
पूर्वेलीलाई पोखरा महोत्सवको निमन्त्रणा गर्न आइपुगेको आयोजक टोलीले विराटनगरमा पत्रकार सम्मेलन गरी फेवा तालको किनारमा रहेको लेकसाइडको करिव साढ़े तीन किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुन गइरहेको जानकारी गरायो ।
अग्रेजी नयाँ वर्ष मनाउन नेपालीहरु भारतको गोवा र थाइल्याण्ड जाने परम्पराको अन्त्य गर्न पोखरा सडक महोत्सवले सहयोग पुर्याउदै आएको मात्र नभएर नेपालीहरुलाई नेपालकै गन्तव्यहरुमा आकर्षित गर्ने कार्य समेत गर्दै आएको पोखराबाट आएको टोलीले पत्रकारहरुलाई जानकारी गए । महोत्सव केवल एउटा कार्यक्रम मात्र नभई पोखराको पहिचान, ’बान्ड र गौरवमय इतिहासको अभिन्न हिस्सा समेत बनिसकेको सो अवसरमा जनाइयो । दगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउन पोखरा सडक महोत्सवले महत्वपुर्ण भुमिका खेल्दै आएको समेत आयोजकले विश्वास व्यक्त गरे ।
महोत्सवमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकीहरू, मौलिक भेषनुषार परम्परागत नृत्यहरूको प्रदर्शन , सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरूको प्रत्यक्ष स्वाद लिन पाइने नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको लाइन कन्सर्ट, मौलिक लोक दोहोरी गीत प्रस्तुति रहेन पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
त्यसैगरी साहसिक तथा खेलकद गतिविधि फेवा तालमा बोट रेस, वेटर रेस, रस्सा कस्सी र पर्यटकहरूका लागि लक्षित विशेष खेलकुद गतिविधिहरू सञ्चालन गरिने छ भने शैक्षिक तथा प्रवद्र्धनात्मक कार्यकममा पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसंग टक शो’ पोखराको सौन्दर्य झल्कने वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनी गरिने समेत जनाइयो ।
पत्रकार सम्मेलनमा पोखरा सडक महोत्सवका संयोजक तथा रेवान पोखराका प्रथम उपाध्यक्ष वसन्त गौतम , पोखरा भ्रमण वर्ष २०२५का संयोजक गोपी भट्टराई लगायतले पूवेर्लीहरुलाई पोखरा महोत्सवमा सहभागी हुन विराटनगर आएर आग्रह गरेका छन्।
प्रतिक्रिया