अन्तुमा पर्यटन प्रवर्द्धन मिनी मेला आजबाट सुरु

शनिबार, २७ मंसिर २०८२

 इलाम :  सूर्योदय नगरपालिका–५, समालबुङस्थित अन्तु डाँडामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तु पर्यटन प्रवर्द्धन मिनी मेला सुरु भएको छ। मेला २०८२ मंसिर २७ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार मेला बेलुका ६ बजेदेखि १० बजेसम्म खुला रहनेछ। मेलामा स्थानीय उत्पादन, संस्कृति र पर्यटनलाई एकै ठाउँमा प्रस्तुत गरिनेछ।

मेलाका प्रमुख आकर्षणहरूमा स्थानीय कफीको प्रदर्शनी, स्थानीय परिकारहरूको प्रवर्द्धन, रमाइलो मेला सामग्री (रोटेपिङ, कोलम्बस, बच्चाको मिनि माउस, रेल आदि) साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने छ।

स्थानीय पर्यटन, कला–संस्कृति र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त मेला अन्तुडाँडा युवा क्लबको आयोजनामा हुन लागेको हो। आयोजकले अन्तु क्षेत्रको प्राकृतिक सौन्दर्य, सूर्योदय दृश्य र स्थानीय पहिचानलाई प्रवर्द्धन गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार