रास्वपाले थप्यो केन्द्रीय संगठन विभागमा तीन जना सदस्य

शुक्रबार, १२ पुस २०८१
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले केन्द्रीय संगठन विभागमा तीन जना सदस्य थपेको छ । आज बसेको बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थपेको हो । जसमा लमजुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिरहाका विमल तिवारी रहेका छन् । बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासी अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई नियुक्त गरेको छ । साथै शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका छन् । सो बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरिएको थियो । पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी पौष १९, २० र २१ गते बस्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार