आलुबखडा र चेरीका फूलहरूले ढकमक्क सिक्सी सिमसार पार्क

शुक्रबार, २३ फागुन २०८१
एजेन्सी । चीनका विभिन्न प्रान्तका रमणीय स्थानहरूमा वसन्त ऋतुको आगमनले प्राकृतिक दृश्यहरु निकै रोमान्चक देखिएका छन् । आलुबखडा र चेरीका फूलहरूका दृश्यहरूले चमक ल्याएको छ । पूर्वी चिनियाँ शहर हाङझाउको सिक्सी राष्ट्रिय सिमसार पार्कको करिब २० हेक्टर क्षेत्रफलमा आलुबखडाका रूखहरू ढकमक्क फुलेका छन् । जसका कारण पर्यटकहरु आकर्षित भएका छन् । सिक्सी राष्ट्रिय सिमसार निकुञ्जका कर्मचारीहरुका अनुसार निकुञ्ज क्षेत्रमा आलुबखडा हेर्ने मौसम भएकाले पर्यटकहरु बढिरहेका छन् । फूल फुल्ने अवधि मार्चको अन्त्यसम्म रहनेछ । उता, दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको डानलिन टाउनमा, लगभग ४० हेक्टर क्षेत्रफलमा चेरीका रूखहरू फूलेका छन् । जसले हावालाई मीठो सुगन्धले भरिदिएको छ । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा, रेपसीड फूलहरू पनि पूर्ण रूपमा फुलेका छन्। केही स्थानीय किसानहरूले विभिन्न रंगका फूल फुल्ने बालीहरू रोपेर आफ्नो खेतहरूलाई विशाल क्यानभासको रूपमा प्रयोग गरिरहेका छन्। -(सीसीटीभीप्लस)

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार