रमाइलो हेर्न गएका १७ वर्षीय राजेशको पूजा स्थलमै हत्या, पाँच पक्राउ

विहीबार, २९ फागुन २०८१
कालीकोट : खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ। बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो। खुकुरी प्रहारबाट उनको मृत्यु भएको हो। दुई समूहबीच झगडामा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन्। यो घटना सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा भएको हो। बिहीबार बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए। “घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,” उनले भने, “पक्राउ परेका पाँचै जना १८ वर्षमुनिका छन्।” घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार