भक्तपुर : भक्तपुरमा स्कारपियो अनियन्त्रित भएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
सूर्यविनायक नगरपालिका–७ मा गुण्डुतर्फ जाँदै गरेको स्कारपियो दुर्घटनामा पर्दा आठ जना घाइते भएका हुन् ।
दुर्घटनामा परेको गाडीको गति अत्याधिक तीव्र रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया