इटहरी : नमुना कलेज इटहरीले रक्तदान कार्यक्रम आयोजना गरेको छ। बिराट टिचिङ अस्पतालको सहकार्यमा मंगलबार बिहान इटहरीस्थित ग्रीन पिस लिंकन कलेजको मैदानमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कलेजका विभिन्न संकायका विद्यार्थी र शिक्षकहरूले रक्तदान गरेका थिए ।रक्तदान कार्यक्रमबाट ७७ पिन्ट रगत सङ्कलन गरिएको छ।
कार्यक्रमलाई प्रभावकारी बनाउन समाजकार्य संकायका विद्यार्थीहरूले स्वयंसेवा प्रदान गरेका थिए।
बिराट टिचिङ अस्पतालले रक्तदाताहरू र तिनका परिवारका सदस्यलाई एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको छ।
कार्यक्रमले युवाहरूलाई समाजसेवामा प्रेरित गर्दै रक्तदानको महत्त्वलाई उजागर गरेको आयोजकले बताएको छ ।
इटहरी नमुना कलेजका प्राध्यापकहरूका अनुसार यस्ता कार्यक्रमहरूले सामाजिक उत्तरदायित्व बहन गर्न मद्दत पुर्याउँछन्।
सहभागीहरूले रक्तदानलाई मानव जीवन बचाउने पवित्र कार्य मान्दै उत्साहपूर्वक भाग लिएका थिए।
प्रतिक्रिया