हङकङ : सघन जनसंख्या भएका एसियाली सहरहरू हङकङ र सिङ्गापुरमा कोभिड–१९ को नयाँ रूप देखा परेको छ। दुवै सहरका स्वास्थ्य अधिकारीहरूले भाइरसको पुनरुत्थानका कारण संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको चेतावनी दिएका छन्।
हङकङको स्वास्थ्य सुरक्षा केन्द्रका अनुसार, मे १३ सम्मको हप्तामा ३१ गम्भीर केस रिपोर्ट भएका छन् जुन यो वर्षकै उच्च हो।
मृत्युसहितको गम्भीर संक्रमितको संख्या एक वर्षको उच्च विन्दुमा पुगेको भए पनि, यो अझै अघिल्ला दुई वर्षको चरम स्थितिसँग मेल खाँदैन। त्यसबेला कोभिडका कारण ७० लाखभन्दा बढी मानिस अस्पताल भर्ना भएका थिए।
सिङ्गापुर पनि अहिले उच्च सतर्कतामा छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले मे १३ सम्मको हप्तामा अनुमानित संक्रमित संख्या अघिल्लो साताको तुलनामा २८ प्रतिशतले बढेर १४,२०० पुगेको जनाएको छ। यो संख्या लगभग एक वर्षको अवधिमा सबैभन्दा ठूलो वृद्धिका रूपमा देखिएको हो।
स्वास्थ्य अधिकारीहरूले जनस्वास्थ्य सुरक्षामा सचेत रहन आह्वान गरेका छन्, विशेषगरी भीडभाडयुक्त स्थानहरूमा सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रतिक्रिया