इटहरी ः सुनसरीको कोशी गाउँपालिका–२, लौकहीकी २४ वर्षीया आशा देवी साहको सर्पले टोकेपछी मृत्यु भएको छ।
हिजो शुक्रबार दिउँसो करिब १२ बजे आफ्नै घर नजिकै रहेको परालको माचमा पराल लिन गएकी साहलाई अज्ञात प्रजातिको सर्पले बायाँ खुट्टामा टोकेको थियो ।
सर्पले टोकेपछि साहलाई तत्काल जिल्ला अस्पताल इनरुवामा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर रिफर गरिएको थियो।
अस्पतालमा २ः २० बजे भर्ना गरिएको साहलाई चिकित्सकहरूले जाँच गरेर मृत घोषणा गरेका थिए।
मृतकको शव कानुनी प्रक्रिया पूरा गर्न ३ बजे कोशी अस्पताल, विराटनगर पठाइएको थियो।
पोस्टमार्टम पुरा भएपछी सोहि दिन साँझ ७ः३० बजे शव मृतकका श्रीमान् रञ्जित साहले अन्तीम सस्कारको लागी घर लगेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया