सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

शुक्रबार, २२ चैत्र २०८१
इटहरी : सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलले ठक्कर दिँदा बिहीबार राति एक जना वृद्धाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत बराहक्षेत्र नगरपालिका–३ नडाहामा दुर्घटना भएको हो । पकलीबाट चतरातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ५३०९ नम्बरको मोटरसाइकलले साँझ ६ः४० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट बाटो क्रस गर्दै गरेकी बराहक्षेत्र–३ की ७७ वर्षीया मनमाया गिरीको मृत्यु भएको हो । मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएकी गिरीलाई उद्धार गरेर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारका क्रममा राति १०ः१८ बजेतिर मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनका अनुसार दुर्घटनालगत्तै मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–५ का ३३ वर्षीय अनिल विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यकिन भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार