हराएका बालक इनारमा मृत अवस्थामा फेला

आइतबार, १५ भदौ २०८२

रौतहट । रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुरका बालक इनारमा मृत अवस्थामा फेला परेका छन ।

स्थानीय बिजय रामका तीन वर्षीय छोरा आर्यन राम घरदेखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख,प्रहरी नायब उपरिक्षक रूपा लाबुङ्गका अनुसार घरमा शनिबार निस्केको बालक खोजी गर्ने क्रममा फर्की नआएपछि आमाले खोजतलासका लागि प्रहरीमा निवेदन दिएकी हुन ।

प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार मृत फेला परेको उनले जानकारी दिइन । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झासहित प्रहरी चौकी सिमाराभवानीपुर र स्थानीय बासिन्दाले खोजतलास गरेको हो ।

गुजरा नगरपालिका–८ स्थित बालकको घर देखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

बालकको शव चन्द्रनिगाहपुस्थित सरकारी अस्पतालमा राखिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार