 
                            गत जनवरी २१ मा कार्तलकायाको उत्तरी पहाडी रिसोर्टमा रहेको ग्रान्ड कर्ताल होटलमा भएको आगलागीका लागि दोषी ठहर गर्दै टर्कीको एक अदालतले शुक्रबार होटलका मालिकसहित ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ ।
आगलागीमा ३० बालबालिकासहित ७८ जनाको मृत्यु भएको थियो भने १३७ जना घाइते भएका थिए।
अन्वेषकहरूले होटल सञ्चालनका क्रममा सुरक्षा नियमहरूको पालना नगरिएको ठहर गर्दै यो फैसला सुनाएका हुन् ।
अदालतले आजीवन कारावासको सजाय तोकेका होटलका सञ्चालकसहित सञ्चालक समितिका केही सदस्यलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।
बोलुका एक उपमेयर र स्थानीय अग्नि नियन्त्रकलाई पनि जेल सजाय सुनाइएको छ। सुनुवाइका लागि हिरासतमा राखिएका २० र अन्य १२ गरी कुल ३२ जनाविरूद्ध मुद्दा परेको थियो ।
अनुसन्धानका क्रममा होटलमा जडान गरिएको आगलागीको चेतावनी दिने संयन्त्रले काम नगरेको र केही ग्याँस उपकरणहरूले सुरक्षा मापदण्डहरू पूरा नगरेको पुष्टि भएको छ।
प्रतिक्रिया