संविधान र लोकतन्त्रको रक्षा निर्वाचनबाटै सम्भव : संयोजक दाहाल

आइतबार, ०९ कार्तिक २०८२

गोरखा : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्रको रक्षा निर्वाचनमार्फत मात्रै सम्भव हुने बताएका छन् ।

शनिबार गोरखामा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पछिल्लो राजनीतिक अवस्थाको निकास निर्वाचनमै रहेको स्पष्ट पारे । “हामी निर्वाचनबाट पछि हट्ने कुरा हुँदैन,” दाहालले भने, “निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारलाई सबै ढङ्गले दबाब दिनुपर्छ । यही बाटोबाट मुलुक अगाडि बढ्न सक्छ ।”

दाहालले पछिल्लो समय देखिएका ‘जेनजी’ प्रदर्शनबारे पार्टीले गम्भीर समीक्षा गरेको बताउँदै भने, “देशलाई जटिल अवस्थाबाट निकाल्ने उपाय निर्वाचन नै हो । अहिले निर्वाचनको वातावरण क्रमशः तयार हुँदैछ र सबै दल पनि सहभागिताका लागि तयार देखिन्छन् ।”

उनले कुनै पनि बहानामा अर्को राजनीतिक दुर्घटना हुन नदिने जिम्मेवारी सबै राजनीतिक दलको रहेको उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखे ।

संयोजक दाहालले ‘जेनजी’ पुस्ताले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे आफ्नो पार्टीले सुरुदेखि नै समर्थन गर्दै आएको पनि स्मरण गराए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार