पाँचथर : मिक्लाजुङ ८ भदौरमा आइतबार अपरान्ह ५२ वर्षीय बखतसिंह सिंगक (लिम्बू)ले आफ्नो १७ वर्षीय छोरालाई भरुवा बन्दुक चलाएर हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, बखतसिंह मादक पदार्थ सेवनको अवस्थामा थिए। उनले चलाएको बन्दुकको गोलीले छोरा, सफल सिंगकको कुम र कञ्चटसहित शरीरका विभिन्न भागमा लागेपछि घटनास्थलमै ज्यान गुमाएका हुन् ।
प्रहरी टोलीले घटनाको जानकारी पाएलगत्तै बखतसिंहलाई नियन्त्रणमा लिएको छ भने बन्दुक पनि जफत गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
प्रतिक्रिया