बारा : बाराको कलैया उपमहानगरपालिका -१४ बघवन घर भएका एक युवाले आत्महत्या गरेका छन् ।
श्याम प्रसाद महतोका २२ वर्षीय छोरा नितेश कुमार महतोले आफूलाई साथीहरूले यातना दिएको भन्दै आत्महत्या गरेका हुन ।
उनले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेको बारा प्रहरीले जनाएको छ । उनको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।
पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र घटनाको विषयमा थप केही भन्न सकिने प्रहरीले बताएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा कलेजका साथीले मानसिक यातना दिँदा आत्महत्या गरेको देखिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
आत्महत्या गर्नु पूर्व महतोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरी कलेजका साथीले मानसिक दवाव दिएको भन्दै आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् । घटनाबारे थप अनुशन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया