एनसीसी जुनियर डिभिजनको दीक्षान्त समारोह सम्पन्न , ५२८ क्याडेट दिक्षित (तस्बिरहरुसहित)

विहीबार, १० पुस २०८२
दीक्षान्त समारोह

धरान : नेपाली सेनाको श्री राष्ट्रिय सेवा दल,पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको सि.सं. ५१ राष्ट्रिय क्याडेट कोर (एनसीसी) जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ। 

पूर्वी तालिम शिक्षालय मोरङको याङ्शिलामा गत मङ्सिर २० गतेदेखि सञ्चालन गरिएको दोश्रो चरणको उक्त तालिम आज बिहीवार सम्पन्न भएको श्री राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठले जानकारी दिए।
दीक्षान्त समारोहका अवसरमा तालिम पूरा गरेका एनसीसी जुनियर डिभिजनका क्याडेटहरूले आकर्षक कवाज प्रदर्शन गर्नुका साथै अनुशासन, समन्वय, शारीरिक तन्दुरुस्ती र नेतृत्व क्षमतासम्बन्धी प्रस्तुति प्रस्तुत गरेका थिए। तालिममा १८ वटा विद्यालयको सहभागिता रहेको थियो।

सहभागी विद्यालयमध्ये कोशी प्रदेशका आठ, मधेश प्रदेशका सात र बागमती प्रदेशका तीन विद्यालय रहेका थिए। तालिमबाट छात्र २६५ र छात्रा २६३ गरी कुल ५२८ जना क्याडेट दीक्षित भएका छन्।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली सेनाको पूर्वी पृतनापति उपरथी गौरवकुमार केसीले एनसीसी कार्यक्रमले विद्यार्थीमा अनुशासन, राष्ट्रप्रेम, जिम्मेवारीबोध र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । उनले यस्ता तालिमले भविष्यमा सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा उल्लेखनीय सहयोग पुग्ने उल्लेख गरे। 

नेपाली सेनाले देशभरका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवाप्रति आकर्षित र प्रेरित गर्ने उद्देश्यले एनसीसी कार्यक्रम सञ्चालन गर्दै आएको समेत उपरथी केसीले जानकारी गराए ।

तालिममा सैनिक आवासीय महाविद्यालयकी क्याडेट सुम्निमा लिम्बू छात्रातर्फ सर्वोत्कृष्ट भएकी छन् भने पशुपति इङ्लिस बोर्डिङ स्कुल इटहरीका क्याडेट आयुश राई छात्रतर्फ सर्वोत्कृष्ट हुँदै पुरस्कृत भएका छन । दीक्षान्त समारोहमा पृतनापति उपरथी केसिले उत्कृष्ट क्याडेटहरूलाई दज्र्यानी चिन्ह, प्रधानाध्यापक÷समन्वय शिक्षकहरूलाई कदरपत्र र प्रमाणपत्र वितरण गरेका थिए ।

दीक्षान्त समारोह कार्यक्रममा श्री नम्बर २१ बाहिनी अड्डाका बाहिनीपति सहायक मनिकुमार श्रेष्ठ, श्री नम्बर २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विक्रम राणा, विभिन्न विद्यालयका क्याडेट, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

WhatsApp Image 2025-12-25 at 4.27.17 PMWhatsApp Image 2025-12-25 at 4.27.18 PMWhatsApp Image 2025-12-25 at 4.27.19 PMWhatsApp Image 2025-12-25 at 4.27.32 PM

WhatsApp Image 2025-12-25 at 4.27.14 PMjWhatsApp Image 2025-12-25 at 4.27.14 PMlWhatsApp Image 2025-12-25 at 4.27.16 PM

WhatsApp Image 2025-12-25 at 4.27.13 PMWhatsApp Image 2025-12-25 at 4.27.13 PMlWhatsApp Image 2025-12-25 at 4.27.14 PM
 

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार