आगामी निर्वाचन नलड्ने विश्वप्रकाश शर्माको घोषणा

विहीबार, १० पुस २०८२
File Photo

काठमाडौँ : नेपाली कांग्रेसका प्रभावशाली नेता एवं महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । 

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले चुनावी राजनीतिबाट विश्राम लिने अप्रत्याशित निर्णय सुनाएको बताइएको छ । 

पछिल्लो समय राजनीतिमा ’नयाँ अनुहार’ र युवा पुस्ताको माग बढिरहेका बेला महामन्त्री शर्माले आफू पछि हटेर अरुलाई अवसर दिने बताएका छन् ।

शर्मा झापा १ बाट एकल सिफारिसमा परेका थिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार