काठमाडौं : कक्षा १२ को परीक्षा सरेको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो । यसअघि परीक्षा वैशाख ११ देखि तय भएको थियो । परीक्षाको नयाँ मिति भने तोक्न बाँकी छ ।
२१ दिनदेखि शिक्षकहरू काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । यसैबीच शिक्षामन्त्री विद्या भट्टराईले पनि हिजो एक्कासी पदबाट राजीनामा दिएकी छिन् ।
प्रतिक्रिया