नेपाल राष्ट्र बैंक गभर्नर नियुक्ति : विश्व पौडेलको राजीनामा, नियुक्तिको बाटो खुल्दै

आइतबार, २८ बैशाख २०८२

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य तथा अर्थविद् डा. विश्व पौडेलले राजीनामा दिएका छन्। सत्तारुढ एमाले र कांग्रेसबीच पौडेललाई गभर्नर बनाउने सहमति भएपछि उनले आइतबार राजीनामा दिएका हुन्।

यसअघि गभर्नरका लागि डा.गुणाकर भट्टको नाममा सहमति भए पनि डेपुटी गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि प्रक्रिया अघि बढ्न सकेको थिएन।

पछिल्लो सहमतिअनुसार कांग्रेस सभापति देउवाले विश्व पौडेललाई गभर्नर सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले पनि सहमति जनाएका छन्।

यता, सिफारिस समितिका अर्का सदस्य महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निर्णयमा ढिलाइ भएमा समिति पुनर्गठनको सम्भावना पनि देखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार