झापा : जिल्लाको हल्दीबारी गाउँपालिकामा हुरीका कारण घर भत्किँदा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको गए राति घर भत्किँदा मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हुरीले टिनको छाना भएको घरको बिम भाँचिएर मगरलाई च्यापिएको थियो। घटनास्थलमै उनको ज्यान गएको पुष्टि गरिएको छ।
प्रतिक्रिया