ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०१ जेठ २०८२

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले घटेको छ । सुन तोलामा ३ हजार ५०० रुपैयाँले ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला  १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार