अझै पनि न्याय सम्पादनमा सघाउँदै 'मुखिया'

विहीबार, ०१ जेठ २०८२

इलाम : सामान्य देखी ठुला झगडा मिलाउन, प्रहरी र अदालत सक्रिय छन् । राज्य पुनः संरचनामा गएपछि स्थानीय तहका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति निर्माण भएको छ । यसले पनि पीडितलाई न्याय दिलाउन काम गरिरहेको छ । 

 तर देशका विभिन्न क्षेत्रमा अझै पनि गाउँका अगुवा मुखियाहरूले नै झगडा मिलाउने गरेका छन् । हिमाली जिल्लाहरूका अझै पनि मानिसहरू अदालत नगई मुखियाकै विश्वास गर्दै आएका छन् । मुस्ताङ लगायतका जिल्लामा प्राय झगडा मुखियाले नै मिलाउने गरेको पाइएको छ । 

झगडापछि पीडितले न्यायका लागि मौखिक उजुरीकै भरमा गाउँमा मान्नेगन्ने मुखियाले मुद्दा मिलाउने गरेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका मुस्ताङकी उपाध्यक्ष दिकि गुरुङले बताइन् । 

न्याय सम्पादन गर्दा विधिको शासन, न्यायिक सुधार, सुदृढीकरण र पारदर्शितालाई आत्मसाथ गर्नुपर्ने बताइने गरेको छ । तर पालिकाको न्यायिक समितिले कसैको जित भन्दा पनि दुवै पक्षलाई हितहितको सिद्धान्तमा अगाडी बढाइने गरिएको छ । जनताबाट निर्वाचित जनप्रतिधिले कानुनसँगै व्यवहारिक पक्ष बुझेर पनि न्याय सम्पादन गर्ने गरेको छ । 

सही न्याय सम्पादनका लागि कानुनले दिएको अधिकार र जिम्मेवारी पालना भन्दा पनि गाउँकै अगुवाले व्यवहारिक हिसाबले न्याय दिलाउने गरेको पाइएको छ ।  मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा वार्षिक एउटा मात्र विवादको उजुरी पर्ने गरेको बताइएको छ । 

इलाम नगरपालिकाको विभिन्न क्षेत्रको न्याय सम्पादनको अध्ययनका लागि पुगेको टोलीलाई दिएको जानकारी अनुसार सो क्षेत्रमा वार्षिक रूपमा एउटा मात्र उजुरी पर्ने गरेको छ । राज्य पुनर्संरचनापछि छ वटा मात्र उजुरी परेको उपप्रमुख गुरुङले बताइन् । जनसङ्ख्या समेत कम रहेको सो पालिकामा मुद्दा समेत कम नै पर्न गरेको छ । यस वर्ष समेत एउटा मुद्दा परेको र सो पनि चर चरणको रहेको बताइको छ । 

देशभरिको तथ्याङ्क हेर्ने हो भने बढी मुद्दा आर्थिक लेनदेनको पर्ने गरेको भए पनि सो क्षेत्रमा वस्तु चराउने विषयमा पर्ने गरेको छ ।  

जन घनत्वका हिसाबले पातलो बस्ती रहेको यस गाउँपालिकाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार २०३६ रहेको छ । जसमा पुरुषको सङ्ख्या १०१५ छ भने महिलाको सङ्ख्या १०२१ छ । गाउँपालिकाको जम्मा परिवार सङ्ख्या ७२३ रहेको छ । पाँच वटा वडा रहेको सो पालिकामा वडा नम्बर १ मुक्तिनाथ, वडा नम्बर २ झोङ, वडा नम्बर ३ छुसाङ, वडा नम्बर ४ कागबेनी, वडा नम्बर ५ फल्याक गाउँ रहेका छन् । प्रसिद्ध मुक्तिनाथ मन्दिर सोही गाउँपालिकाको वडा नम्बर एकमा रहेको छ । 

त्यसो त एक करोड पचास लाख जनसङ्ख्या रहेको बागलुङ नगरपालिकामा १४ वडा वडा रहेका छन् । आएका विवाद समाधान गर्न १४ वटै वडा मेलमिलाप केन्द्र रहेका छन् । ८७ जना सहजकर्ताले न्याय सम्पादनमा सहजीकरण गर्दै आएको उपप्रमुख राजु खड्काले बताए । 

उनका अनुसार सो पालिकाले ११, १२ मा कानुन अध्ययन गर्न चाहने विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । 
 
सो पालिकाले नगरवासीका समस्या समाधानमा कसैको जित भन्दा पनि दुवै तर्फ हित हुने गरी काम गर्ने गरेको एक नम्बर वडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । 

इलाम नगरपालिका न्यायिक समितिको टोलीले चितवनको खैरहनी र रत्न नगर नगरपालिका तथा सिन्धुलीको कमलामाई नगरपालिकाको समेत भ्रमण र न्याय सम्पादनका विषयमा जानकारी दिएको थियो । नयाँ अभ्यासहरूलाई आफूहरूले समेत पछ्याउने गरी अध्ययन अवलोकन भ्रमण गरिएको इलाम नगरपालिकाकी उपमेयर विष्णुकुमारी लिम्बु दाहालले बताइन् । 

इलाम नगरपालिकामा यस वर्ष मात्र ५० वटा उजुरी परेको न्यायिक समितिका सदस्य तथा १० नम्बर वडाका वडा सदस्य बालकृष्ण गौतमले बताए । उनका अनुसार इलाम नगरपालिकामा मेलमिलाप भएको उजुरी पुन अदालतसम्म गएका छैनन् । 

अदालतमा विवाद मिलाउन वकिल प्रयोग गर्दा एक बहसको १० हजार खर्च लाग्ने गरेको भए पनि पालिका मार्फत न्यायिक समितिले दर्ता शुल्कमा नै न्याय सम्पादन गर्ने गरेको छ । 

इलाम नगरपालिकाको अध्ययन तथा भ्रमण टोलीमा उपप्रमुख विष्णुकुमारी लिम्बु दाहाल सहित पालिका सदस्य, वडा सदस्य, कर्मचारी, वडा सचिव लगायत समावेश रहेका थिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार