कम्युनिष्ट पार्टीले विगतका कमजोरी सच्चाएर नयाँ बाटो अवलम्बन गर्नुपर्छ : खनाल

विहीबार, ०१ जेठ २०८२
फाइल तस्बिर

काठमाडौँ :नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आज एक विचार गोष्ठीमा बोल्दै कम्युनिष्ट पार्टीहरूले विगतका कमजोरीहरूलाई आत्मसात् गर्दै नयाँ धरातलबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

निर्मल लामा स्मृति प्रतिष्ठानद्वारा आयोजित 'संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतीहरू' विषयक कार्यक्रममा उनले वैज्ञानिक समाजवादको यात्रा सुनिश्चित गर्न समाजवादी क्रान्तिका आधारभूत विषयहरू सम्बोधन गर्न जरुरी रहेको बताए।

खनालले संविधानमा समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वको व्यवस्था वामपन्थी आन्दोलनको उपलब्धि भएको उल्लेख गर्दै, पुँजीवादी गणतन्त्रलाई समाजवादी रूपान्तरणको माध्यम बनाउनु पर्ने धारणा राखे।

उनले यथास्थितिवादले समाधान नदिने बताउँदै क्रान्तिकारी कार्यक्रम आवश्यक रहेको स्पष्ट पारे।

यसै अवसरमा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा जनवादी क्रान्ति सम्पन्न भइसकेको सन्दर्भमा वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाउँदै, नोकरशाही पुँजीवादविरुद्ध उत्पादन वृद्धि, स्वाधीन अर्थतन्त्र र राष्ट्रिय पुँजीको विकासमार्फत लड्नुपर्ने बताए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार