इटहरी । माेरङ्गकाे उर्लाबारीमा भएकाे सवारी दुर्घटनामा १३ जना घाइते भएका छन्।
घाइतेहरुमध्ये ५ जनाकाे अवस्था गम्भीर रहेकाेले उपचारका लागि झापाकाे बिएण्सी अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ।
अन्य घाइतेहरूकाे स्थानीय अरनिकाे हस्पिटल उर्लाबारीमा उपचार भईरहेकाे इलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएकाे छ।
शनिबार बिहान करिब ११ बजे पश्चिमबाट पूर्व जाँदै गरेकाे सगरमाथा यातायातकाे प्र १ -०१-००१ख ४४५६ नम्बरकाे बस र पूर्वबाट पश्चिम आउँदै गरेकाे मे १ ज २७४९ नम्बरकाे सुमाे तथा नम्बर खुल्न बाँकी रहेको नागरिक यातायातकाे बस आपसमा ठाेक्किँदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ।
घटनाकाे थप विवरण आउन बाँकी रहेकाे र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया