विराटनगरमा बेवारिसे कारबाट ५३८ किलो गाँजा बरामद

शुक्रबार, ०३ असोज २०८२

विराटनगर । विराटनगरबाट बिहीबार राति प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । 

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर महानगरपालिका–८ यादव चोकनजिक भातीगछतर्फ जाने सडक किनारमा छाडिएको अवस्थामा भेटिएको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारभित्र ५ सय ३८ किलो गाँजा फेला परेको हो । बिहीबार राति करिब १० बजेर १५ मिनेटतिर प्रहरीले कार नियन्त्रणमा लिएर तलासी गर्दा १५ वटा बोराभित्र प्याक गरिएको अवस्थामा गाँजा भेटिएको एसपी चिमरियाले जानकारी दिए ।

गाँजा लोड गरिएको कारलाई बेवारिसे अवस्थामा छाडेर चालक फरार भएका थिए । गाँजा लोड गरेर ल्याइएको कारलाई छाडेर फरार भएका चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । चिमरियाका अनुसार बरामद गरिएको गाँजा तौल गर्दा ५ सय ३८ किलो भएको हो । 
कारसहित गाँजा नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । चालक फरार भएकाले गाँजाको ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान हुन सकेको छैन । बरामद गरिएको गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार