झुम्का कारागारमा कैदीको मृत्यु

आइतबार, २३ कार्तिक २०८२

सुनसरी : सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ।

कारागार प्रशासनका अनुसार मिति २०८२ कात्तिक २३ गते बिहान करिब ५:३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी सुधना सरदार (५३ वर्ष) अचेत अवस्थामा फेला परेकी थिइन्।

उनी मिति २०८० असोज २ गतेदेखि जिउ मास्ने बेच्ने मुद्दामा सजाय काटिरहेकी थिइन्।

अचेत भएपछि तुरुन्तै झुम्का कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। तर अस्पताल पुगेपछि बिहान ६:१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार