काठमाडौं: प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा नेकपा (एमाले)का निवर्तमान सांसदहरूले सुरु गरेको हस्ताक्षर संकलन आज पनि जारी रहने भएको छ ।
नेताहरूका अनुसार अभियान हिजोदेखि प्रारम्भ भएको हो ।
बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएका केही सांसदहरूले पुनस्र्थापनाको समर्थनमा दस्तखत गरेका थिए ।
सांसद हेमराज राईका अनुसार काठमाडौंमा उपलब्ध सांसदहरूबाट हस्ताक्षर संकलन सुरु भइसकेको र प्रक्रिया निरन्तर चल्नेछ ।
तर, संकलित हस्ताक्षर अदालतमा निवेदनका रूपमा पेस गर्ने कि केवल राजनीतिक सन्देशका रूपमा प्रयोग गर्ने भन्नेबारे एमाले नेताहरूले अझै स्पष्ट पारेका छैनन् ।
यसअघि नै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा १६ वटा निवेदन दर्ता भइसकेका छन् ।
जसमा कारण देखाऊ आदेश जारी भइसकेको छ ।
अदालतले प्रारम्भिक बहसका क्रममा ‘कति जना सांसदहरू पुनस्र्थापनाको पक्षमा छन् ? भन्ने प्रश्न पनि उठाएको थियो ।
२७ भदौमा प्रतिनिधिसभा विघटन भएपछि एमाले पुनस्र्थापनाको पक्षमा सक्रिय भएको हो ।
जेन्जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि २७ कात्तिकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।
कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै २१ फागुनमा मध्यावधि निर्वाचन तोकेको छ ।
विघटित प्रतिनिधिसभामा एमालेका ७९ जना सांसद थिए ।
प्रतिक्रिया