सुनसरी : गत कात्तिक २ गतेदेखि हराइरहेका भारतीय पर्यटक ५२ वर्षीय जिग्नेशकुमार लल्लुभाइ पटेल र उनकी १७ वर्षीया छोरी प्रियान्शु कुमारी पटेल आइतबार (कात्तिक २३ गते) मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–६, मिलारेपा गुम्बा भन्दा करिब २०० मिटर माथि हिउँमा पुरिएको अवस्थामा मृत फेला परेका छन्।
मृतकहरूलाई नेपाली सेनाको श्री नयाँ भैरवीदल गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त प्रयासमा सदरमुकाम चामेस्थित प्रादेशिक अस्पतालतर्फ ल्याइँदै गरिएको नेपाली सेनाले जनाएको छ।
मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटेलबाट सोही गाउँपालिका–५ स्थित मिलारेपा गुम्बा घुम्न गएका भारतीय नागरिक सम्पर्कविहीन भएका थिए। उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले खोजी कार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो।
प्रतिक्रिया