काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोलिबाट सुरू हुने सगरमाथा संवादको प्रभावकारितामा प्रश्न उठेको भन्दै आलोचना गरेका छन् । संवादको लागि कुनैपनि देशबाट राष्ट्रप्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरुको सहभागिता नहुने निश्चित भएकोले यसले कार्यक्रमको गरिमामा प्रश्न उठेको उनकाे भनाइ छ ।
काठमाडौंस्थित नियोगका प्रमुख र दाता निकायका प्रमुहरुको सहभागीहरुको संख्या जोडेर भनिएकोले यो कार्यक्रममो औचित्यमाथि गम्भीर प्रश्न उठेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,‘भोलिबाट सगरमाथा संवाद सुरु हुँदैछ, तर संवाद सुरु नहुँदै यस कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । विश्वस्तरबाट उच्चस्तरीय सहभागिता हुने भनिएको यस कार्यक्रममा अहिलेसम्म कुनै देशको राष्ट्रप्रमुख वा सरकारप्रमुख वा विदेशमन्त्री कसैको पनि सहभागिता नहुने देखिएको छ । यो कार्यक्रम मानव जातिको भविष्य सुनिश्चितता, यो पृथ्वीको भविष्य सुनिश्चत्ताको लागि र जलवायु परिवर्तनबाट हुने जोखिमबाट न्यूनीकरणको लागि महान उद्देश्यबाट यदि गरिएको हो भने ती सम्बन्धित सरोकारवाला देशलाई पनि यो विषयमा बुझाउन सक्नुपर्दथ्यो, तर आज हामी हेरिरहेका छौं ती देशबाट सहभागिताको सुनिश्चतताको कुरा छैन । समुन्द्रपारिको त कुरा छोडिदिनुहोस, हाम्रो छिमेकी देशको पनि उच्चस्तरको सहभागिता छैन । न त भारतको उच्चस्तरको सहभागिता देखिन्छ, न त चीनकै देखिन्छ । तीन सय जना सहभागिता हुने भनिएकोमा अहिले झण्डै १५० जना सहभागिता हुने भन्ने सुनिएको छ । त्यसमा पनि काठमाडौंस्थित नियोगका प्रमुख र दाता निकायका प्रमुहरुको सहभागीहरुको संख्या जोडेर भनिएकोले यो कार्यक्रममो औचित्यमाथि गम्भीर प्रश्न उठेको छ ।’
उनले सगरमाथा संवाद कार्यक्रमको लागि कार्यक्रम मात्रै हो कि परिणामको लागि कार्यक्रम भनेर प्रश्न तेर्साए ।
प्रतिक्रिया