अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृत्यु

आइतबार, ०४ जेठ २०८२

वाशिङटन डिसी : अमेरिकाको विभिन्न राज्यहरूमा आएको भीषण आँधी र मौसमी प्रणालीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ।

तीमध्ये १८ जनाको ज्यान केन्टुकीमा आएको बवण्डरका कारण भएको बताइएको छ। सरकारी अधिकारीहरूका अनुसार आँधीका कारण मिसौरी, विस्कन्सिन, ग्रेट लेक्स क्षेत्र र टेक्साससहितका धेरै राज्य प्रभावित भएका छन्।

आँधीका कारण राज्यका झण्डै दुई दर्जन सडकका केही भागहरू पूर्णरूपमा बन्द गरिएको छ भने केही सडक पुनः सञ्चालनमा ल्याउन कैयौं दिन लाग्न सक्ने जनाइएको छ। उनले मृतक संख्यामा अझै वृद्धि हुने आशंका व्यक्त गरेका छन्।

मिसौरीको सेट लुइस शहरकी मेयर कारा स्पेन्सरका अनुसार, आँधीका कारण पाँच जनाको ज्यान गएको छ भने ३८ जना घाइते भएका छन्। साथै, करिब ५,००० घरहरूमा क्षति पुगेको बताइएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार