काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेकै कारण पार्टी निकट प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष सुजित केसीलाई सरकारले जेल हालेको बताएका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले उनलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको बताए ।
उनले संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठलो हो भन्दै प्रश्न समेत गरेका छन् । ‘नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठूलो हो । होइन भने उहाँहरूले किन धारा २७० विरुद्ध काम गरिरहनु भएको छ ?,’ सांसद शाहीले भने ।
उनले संविधानअनुरुप चल्न र त्यो धाराले काम गर्न अप्ठ्यारो भएको भए परिवर्तन गर्न आग्रह गरे ।
प्रतिक्रिया