राजसंस्था पुनःस्थापनाविरुद्ध राष्ट्रिय संयुक्त मोर्चाको विरोध

आइतबार, ११ जेठ २०८२

झापा : राजसंस्था पुनःस्थापना र सनातन हिन्दू धर्मको संरक्षणका लागि गठित समितिले जेठ १५ गतेदेखि जनआन्दोलन गर्ने घोषणा गरेसँगै राष्ट्रिय संयुक्त मोर्चाले त्यसको विरोध जनाएको छ।

झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय संयोजक रामचन्द्र वानियाले उक्त आन्दोलनलाई “कथित” भन्दै आलोचना गरे। उनले राजभक्तहरूको भूमिका मेटाउने र मण्डले समूहमार्फत देशी–विदेशी स्वार्थ लाद्ने योजनाबारे चनाखो रहन आह्वान गरे।

जनविद्रोहको नाममा नेपाली जनतालाई शिकार बनाउने प्रवृत्ति अन्त्य हुनुपर्छ

संयोजक वानियाले भने।

उनका अनुसार राष्ट्रिय संयुक्त मोर्चाले देशका सबै जिल्लामा शाखा विस्तार गर्दै वैचारिक तथा शान्तिपूर्ण आन्दोलन सुरु गर्ने तयारी गरेको छ। उनले प्रमुख दलका नेतामाथि पद र पैसाका लागि जनताको मुद्दा बेचेको आरोपसमेत लगाए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि एमालेसँगको साठगाँठका कारण राजसंस्थाको मुद्दा उठाउन नसकेको आरोप लगाउँदै वानियाले "अब नेपाली जनताले टुलुटुलु हेरेर बस्न सक्दैनन्," भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार