७० वर्षीय वृद्ध जबर्जस्ती करणीको आरोपमा पक्राउ

आइतबार, ११ जेठ २०८२

कैलाली : कैलालीको जोशीपुर गाउँपालिका–५ सिमरानाका ७० वर्षीय लोकबहादुर बिष्ट जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन्।

२८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरीका आधारमा आइतबार बिहान उनलाई अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार